मेरो सेयरबाट लगानीकर्ताले ३ कम्पनीको आईपीओमा आवेदन दिन पाएनन्

Aug Thu 2020 07:21:05

1243 views

मेरो सेयरबाट लगानीकर्ताले ३ कम्पनीको आईपीओमा आवेदन दिन पाएनन्

काठमाडौं ।  शेयर बजारमा तीन कम्पनीको साधारण सेयर आईपीओ को बिक्री खुला भएपनि मेरो सेयरमा बढी लोड भएका कारण सिस्टमले काम गर्न सकेन ।

एकै पटक तीन वटा कम्पनीलाई आईपीओ खुलेको र कोरोनाका कारण लकडाउनले अनलाइनमार्फत शेयर भर्नेको चाप बढेकोले लगानीकर्ताले सहजै आवेदन दिन नपाएका हुन्।

मेरो सेयर नखुलेका कारण लगानीकर्ताले समयमा नै आईपीओमा आवेदन दिन पाएका छैनन् । यता केसीका अनुसार अहिले एकै समयमा ५० हजार भन्दा बढीको लोड देखिएको र ब्यान्डविथ थप भएपछि यो लगानीकर्ताले सहजै आवेदन दिन सक्ने छन् ।

समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

आइपीओको अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ । यसमध्ये १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन पाउने छन ।

लगानीकर्ताले भदौ ८ गतेसम्म आवेदन मेरा सेयर मार्फत अवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो ।

यस्तै रिलायन्स लाइफले ६३ करोड रुपैयाँको आइपीओ बिक्रीखुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । ६३ लाख कित्ता आइपीओकम ३ लाख १५ हजार सामूहिक लगानी कोष र ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छ् । आइपीओमा छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यो अवधिमा माग अनुसार आवेदन नपरे भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटलले रहेको छ ।

यता लिबर्टी इनर्जी कम्पनीको आईपीओ सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयरको बिक्री खुला गरेको छ ।

आईपीओ भर्नका लागि भदौ ३ गतेदेखि चाँडोमा ७ गते र ढिलोमा भदौ १७ गतेसम्म समयावधि छ ।