कृषि बैंकको ई–सेवा सँग भुक्तानी सम्झौता

Aug Thu 2020 12:07:06

730 views

कृषि बैंकको ई–सेवा सँग भुक्तानी सम्झौता

काठमाडौँ — कृषि विकास बैंक र ई–सेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

यससँगै अब ई–सेवामार्फत विदेशबाट नेपाल पठाएको रकम बैंकका देशभर रहेका कुनै पनि शाखाबाट भुक्तानी लिन सकिन्छ ।

बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र ई–सेवाका प्रबन्ध निर्देशक अजेश कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।