Aug Thu 2020 02:58:37
792 views
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले दुई सय प्रतिशत हकप्रद शेयर जारी गर्दै गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको छ । यसका लागि बुक क्लोज गर्ने मिति भदौ १२ गते रहेको छ । कम्पनीले बिहीवार सुचना जारी गर्दै भदौ १२ गतेभन्दा अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीहरु पनि हकप्रदका लागि योग्य हुने बताएको हो ।
कम्पनीले १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट भदौ २ गते अनुमति पाएको हो ।
हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।