Aug Thu 2020 02:22:34
राष्ट्र बैंकले निषेधाज्ञा अवधीमा बैंकिङ सेवा प्रवाहका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई पाँच बुदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंक अनुसार विद्यिुतिय माध्यमबाट कारोबार गर्न नागरिकलाई प्रोत्साहन गर्ने, नगद झिक्ने र राख्ने तथा अत्यावश्यक सेवा खरिद बिक्रिका लागि एलसी लगायतका सेवा सुचारु राख्न भनेको छ ।
त्यस्तै, टीटी खोल्ने लगायतका सेवा प्रदान गर्न सिमित शाखाहरु सिमित अवधीका लागि खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । त्यस्तै, खुल्ने तथा बन्द रहने शाखाहरुको विवरण बैंकको वेभसाइटमा राख्नुपर्ने नियम पनि राष्ट्र बैंकले लगाइदिएको छ ।
अन्तराष्ट्रिय व्यापारसँग सम्बन्धी काम यस अवधिमा पनि नरोकिने र बैंकहरु सबैले आफ्नो सेवा खुला राख्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।