Aug Thu 2020 02:44:59
काठमाडौं । बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई बिहिबार प्रहरी प्रशासनले बाटोमै रोकेपछि बैंकर्स एसोसियसनले आपतकालिन बैठक बस्दै बैंक नखोल्ने निर्णय गरे ।
बैंकर एसोसियसनले गृहको मौखिक आश्वासन नमानेपछि गृह मन्त्रालयले उपत्यकाका तिन वटै जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गर्दै बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई नरोक्नु भन्दै निर्देशन जारी गरेको छ ।
निर्देशनमा भनिएको छ, ‘जारी निषेधज्ञा अवधिमा सर्वसाधरणलाई आधारभूत बैंकिङ सेवा प्रदान गर्ने सन्र्दभमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तिय सस्थाहरुका लागि जारी गरिएको सूचना बमोजिम आधारभूत बैंकिङ सेवा सूचारु गर्न आवश्यक समन्वय तथा सहयोगका लागि लेखि आएको राष्ट्र बैंक (बैंक तथा वित्तिय संस्था नियमन विभाग) २०७७/०५/०३ गतेको पत्र र पत्रका साथ संलग्न सूचना आवश्यक समन्वय तथा सहजीकरणका लागि यसैसाथ संलग्न राखि पठाइएको बेहोरा आदेशानुसार अनुरोध छ ।’