Aug Fri 2020 03:10:30
1902 views
काठमाडाैं । निषेधाज्ञाको अबधिमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आवतजावतका लागि निश्चित समय तोकिएको छ । निषेधाज्ञाको अबधिभर शुक्रबारबाट बिहान ९ बजेदेखि १०ः३० बजेसम्म र साँझ ३ः३० देखि ५ः३० बजेसम्म समय तोकिएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले कार्यालयबाट जारी फोटोसहितको परिचय पत्र अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।