Aug Mon 2020 06:01:29
काठमाडौं । विदेशी विनिमय कारोबार इजाजत तथा निरिक्षण विनियमावली संशोधन भएको छ ।
अब बाणिज्य बैंकहरुले एकमुस्ट ५ लाख तिरेर लाइसेन्स लिन पाउने छन्। विकास बैंकहरुले २ लाख र फाइनान्स कम्पनीले २० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ। राष्ट्र बैंकले बिनियमावलीमा निरिक्षणमा जाने अधिकृतहको आचारसंहिता पनि निर्धारण गरेको छ। यो नयाँ ब्यवस्था हो। यसबाहेक पहिलो पटक क्यासिनोलाई संबोधन गरिएको छ।
क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने लाइसेन्स पाउन प्रति कारोबा स्थान २५ लाख र शुल्क बापत एक लाख रुपैयाँ राष्ट्र बैंकलाई तिर्नु पर्ने हुन्छ। यसको अवधि २ बर्षको हुने छ। तर आधुनिक मेशिन वा उपकरणबाट खेलाइने खेलको हकमा प्रति कारोबा स्थान १० लाख तिरे हुन्छ। शुल्क पनि ५० हजार रुपैयाँ मात्र लाग्ने छ।
विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका विश्वविद्यालयहरुलाई १० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा दिने राष्ट्र बैंकले संशोधन गरेको विनियमवालीमा उल्लेख छ । तर, विदेशी विश्वविद्यलयको सम्बन्धनको एओयू, संस्था दर्ता प्रमाण,नो अब्जेक्सन लेटर लगायतका कागजात उपलब्ध गराउन पर्ने छ ।
नेपाल राष्ट्र बैंकले कारोबार इजाजत तथा निरिक्षण विनियमावली संशोधनपछि अब बैंक तथा वित्तीय संस्थाहरुले विदेशी मुद्राको कारोबार गर्न शाखापिच्छे स्वीकृति लिनु नपर्ने भएको हो ।
यसअघि बैंक तथा वित्तीय संस्थाहरुले शाखैपिच्छे विदेशी मुद्राको कारोबार गर्न लाइसेन्स लिनु पर्ने अबस्था रहेको थियो ।