काठमाडौं । राष्ट्र बैंकले काठमाडौं उपत्यकामा थप शाखा खोल्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्रले आइतबार बैंक शाखाहरू निरीक्षण गर्दा खोलिएका अधिकांश शाखामा भिडभाड देखिएपछि आवश्यकताअनुसार थप शाखा खोल्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले ५० जना कर्मचारीबाट आवश्यकताअनुसार कर्पोरेट अफिससहित शाखाहरु खोल्न भनेको छ ।
पचास कर्मचारीबाट उपत्यकाभरि थप शाखा खोलेर आम ग्राहकलाई सेवा दिन लागेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।