Aug Tue 2020 03:47:46
938 views
सरकारले उपेन्द्रकुमार कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गर्ने भएको छ ।
नेपाल सरकारको भाद्र ९ गते सोमबारको मन्त्री स्तर निर्णयले कोइरालालाई बैंकको सञ्चालकमा नियुक्त गरिएको छ ।
बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई बनाउने गरी सञ्चालक नियुक्त गरेको हो ।
राष्ट्रिय बैंकको अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था छ । बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने बैंक स्रोतले बताएको छ ।
बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा। डा। राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा। डा। माधवप्रसाद दाहाल रहेका छन् ।