एकभन्दा धेरै कम्पनीकोआईपीओ निष्काशन हुँदा सफ्टवेयर सिष्टममा चाप परेपछि नेपाल धितोपत्र बोर्डले यो अवधिभर आईपीओ निष्काशन गर्न अनुमति नदिने भएको छ । निषेधाज्ञामा तीन वटा कम्पनीको आईपीओ निष्काशन हुँदा सफ्टवेयरमा परेको चाप र बैंक देखिएको भिडभाड कम गर्न आईपीओ निष्कासनमा स्थगन गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।
निषेधाज्ञाको बेलामा आईपीओ निष्काशन गर्दा बैंकमा भिडभाड देखिनुका साथै कोभिडको यो त्रासमा लगानीकर्ताले दुःख पाएको भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो ।