काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १३ गते शनिबार आईपीओ बाँडफाँड गर्ने भएको छ ।
लघुवित्तले भदौ ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणको लािग ८० हजार ७०० कित्ताका लागि बिक्रीमा ल्याएको थियो । यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।
सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा १४८.५६ गुणा बढी आवेदन परेको थियो । लघुवित्तको आईपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता सेयर खरिदको लागि आवेदन परेको थियो ।