रिलायन्स लाइफको आईपीओ बाँडफाँड, तपाईलाई कति कित्ता शेयर पर्यो हेर्नुहोस्

Aug Sat 2020 05:13:42

रिलायन्स लाइफको आईपीओ बाँडफाँड, तपाईलाई कति कित्ता शेयर पर्यो हेर्नुहोस्

५ लाख ६७ हजारले गोलप्रथाबाट १० कित्ता शेयर पाए

काठमाडौं । रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट भएको छ ।  बाँडफाँटमा योग्य आवेदकमध्यबाट ५ लाख ६७ हजार जना आवेदकले गोलप्रथाबाट १० कित्ताका दरले शेयर हात पारेका छन् ।

Check IPO Result of Reliance Life Insurance Limited

रिलायन्स लाइफले सर्वसाधारणका लागि कुल ६३ लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको थियो । 

नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले आईपीओ विक्री गर्न साउन १६ गते अनुमति पाएको थियो । हाल  १ अर्ब ४७ करोड रुपैयाँ चुक्तापूँजी रहेको रिलायन्स लाइफले बीमा समितिले तोके बमोजिम  २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।