Aug Sun 2020 03:40:51
1909 views
२७ बाणिज्य बैंकहरुले आव २०७६/०७७ को कर्जामा १८ अर्ब ७० करोड रुपैयाँ बढी प्रोभिजन गरेका छन् । जसमा ४ वटा वाणिज्य बैंकले १ अर्ब बढी प्रोभिजन गरेका छन् । बैंकहरुले असार मसान्तसम्मको साँवा ब्याज नउठेको कर्जामा प्रोभिजन गरेका हुन् ।
इनभेष्टमेन्ट बैंकले १ अर्ब ८८ करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब ७४ करोड, एनएबी बैंकले १ अर्ब ६१ करोड र एन आइसी एशिया बैंकले १ अर्ब १२ करोड रुपैयाँ बढी साँवा ब्याज नउठेको कर्जामा प्रोभिजन गरेका छन् ।
मेगा बैंकले ८८ करोड ८५ लाख, सानिमा बैंकले ८८ करोड ३४ लाख, सनराइज बैंकले ८३ करोड ३४ लाख र नेपाल बंगलादेश बैंकले ७९ करोड ६४ लाख रुपैयाँ प्रोभिजन गरेका हुन् ।
यस्तै, प्राइम बैंकले ७८ करोड २९ करोड, सिद्धार्थ बैंकले ७२ करोड ७८ लाख, सिटिजन्स बैंकले ६७ करोड ७२ लाख, माछापुच्छ्रे बैंकले ६० करोड ४० लाख र एभरेष्ट बैंकले ५४ करोड ८४ लाख रुपैयाँ असार मसान्तसम्म साँवा बयाज नउठेका कर्जामा प्रोभिजन गरेका छन् ।
सो अवधिमा नेपाल बैंकले ५४ करोड ५१ लाख, बैंक अफ काठमाण्डूले ५३ करोड ७६ लाख, सेञ्चुरी बैंकले ५३ करोड ४५ लाख, सिभिल बैंकले ४४ करोड २० लाख र स्ट्याण्र्डट च्यार्डर्ट बैंकले ४३ करोड ९० लाख प्रोभिजन गरेका छन् ।
कुमारी बैंकले ४२ करोड २२ लाख, लक्ष्मी बैंकले ३४ करोड ५५ लाख कृषि विकास बैंकले ३४ करोड ४६ लाख रुपैयाँ र नेपाल क्रेडिट एण्ड कर्मश ९एनसीसी० बैंकले ३२ करोड ८२ लाख रुपैयाँ प्रोभिजन गरेका छन् ।
साथै हिमालयन बैंकले ३० करोड ३१ लाख, नेपाल एसबीआइ बैंकले २७ करोड २३ लाख रुपैयाँ, प्रभु बैंकले २५ करोड २९ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ८ करोड ५१ लाख रुपैयाँप्रोभिजन गरेका छन् ।