नेप्सेमा उछाल : ८ कम्पनीमा सर्किटलाग्यो, साढे ३ अर्ब बढीको कारोबार

Aug Mon 2020 06:45:32

1138 views

नेप्सेमा उछाल :  ८ कम्पनीमा सर्किटलाग्यो,  साढे ३ अर्ब बढीको कारोबार

काठमाडौं । नेप्सेमा सोमबार उछाल आएको छ । नेप्से २२ दशमलव ३१ अंकले बढेर १ हजार ४८४ दशमलव ९९ विन्दुमा पुगी ३ अर्ब ४६ करोड २५ लाख बढीको कारोबार भएको छ । यो कारोबार लकडाउन यताकै सर्वाधिक कारोबार हो । 

 कारोबार भएका मध्ये ११७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ वटा कम्पनीले गुमाएका छन् । यसमध्ये ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।   

सर्वाधिक कारोबार गर्नेमा पुर्नबिमा कम्पनी बनेको छ । जसको झण्डै २९ करोडको कारोबार भएको छ भने नेको इन्स्योरेन्स कम्पनी १७ करोड ७८ लाख कारोबार भएर दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १६ करो ८१ लाख भन्दा बढीको कारोबार भएको छ ।