लिवर्टी ईनर्जीको आईपीओमा २५ हजार ६२० जनाले ४० कित्ता शेयर पाए

Aug Mon 2020 07:00:06

856 views

लिवर्टी ईनर्जीको आईपीओमा २५ हजार ६२० जनाले ४० कित्ता शेयर पाए

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा सोमवार भएको बाँडफाँटमा १० देखि ४० कित्तासम्म माग गर्ने आवेदकहरुले माग बमोजिम शेयर हात पारेका छन् भने ४० देखि १५ हजार कित्ता माग शेयर माग गर्ने २५ हजार ६२० जनाले थप १० कित्ता शेयर हात पारेका छन् । 

यस आईपीओमा १ लाख ८८ हजार ४९९ जना आवेदकबाट ५५ लाख ४२ हजार ५० कित्ता शेयर खरिदको माग परेको थियो ।

रितपूर्वक आवेदन दिने १ लाख ८८ हजार ३७३ आवेदकहरुमध्यबाट १० देखि ३० कित्ता माग गर्ने १ लाख ५१ हजार ८१५ जनालाई माग बमोजिम र ४० देखि १५ हजार सम्म माग गर्ने ३६ हजार ५५८ जनालाई ३० कित्ताका दरले शेयर बाँडफाँट गरी बाँकी हुन आएको २ लाख ५६ हजार २०० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँट गर्दा ३६ हजार ५५८ जनामध्य २५ हजार ६२० जना आवेदकले थप १० कित्ता शेयर हात पारेका हुन । 

कम्पनीले भदौ ३ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता शेयर विक्री गरेको थियो । कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियलाई आईपीओ बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो । 

कम्पनीले आईपीओलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ ।