यसपाली दशैंको लागि नयाँ नोट नआउने ! राष्ट्र बैंकको यस्तो प्रतिक्रिया

Sep Tue 2020 02:43:07

748 views

यसपाली दशैंको लागि नयाँ नोट नआउने ! राष्ट्र बैंकको यस्तो प्रतिक्रिया

काठमाडौं । यसपालि दशैंका लागि नयाँ नोट  वितरण नहुने हल्ला बजारमा आएको छ तर राष्ट्र बैंकले नयाँ नोट  वितरण गर्ने नगर्ने भन्नेमा कुनै निर्णय भइनसकेको बताएको छ । 

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवति नेपालले नयाँ नोटका विषयमा अर्को महिनामात्रै निर्णय हुने बताए । बाहिर अनाधिकृत तरिकाले नयाँ नोट नबाँडिने भन्दै सूचना प्रवाह भएको भन्दै उनले त्यो गलत भएको बताए ।

गत वर्षदेखि भने राष्ट्र बैंकले दशैं बाहेक अन्य चाडपर्वमा पनि नयाँ नोट वितरण नगर्ने निर्णय गरेको थियो ।