अर्थमन्त्री युवराज खतिवडा अर्थमन्त्रीबाट हट्दै, बामदेव गौतमको इन्ट्री

Sep Thu 2020 12:36:31

719 views

अर्थमन्त्री युवराज खतिवडा अर्थमन्त्रीबाट हट्दै, बामदेव गौतमको इन्ट्री

 अर्थमन्त्री डा. युवराज खतिवडा अर्थमन्त्रीबाट हट्ने सम्भावना देखिएको छ । खतिवडाको ६ महिने कार्यकाल सकिन ७२ घण्टा मात्र बाँकी छ । खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । 

संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन ।

त्यसैले खतिवडाले अबको दुई दिनभित्र राजीनामा दिने सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा रहेको रिक्त पदमा खतिवडालाई नियुक्त गर्ने र अर्थमन्त्रीमा निरन्तरता दिने ईच्छा गरे पनि पार्टी उपाध्यक्ष वामदेव गौतमले असहमति जनाएका छन् ।

सचिवालय बैठकले बहुमतका आधारमा वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्ने पार्टी सबद्ध स्रोतले जनाएको छ । नेकपा सचिवालयले यसअघि नै वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गरिसकेको छ । ९ सदस्यीय सचिवालयमा वामदेवको पक्षमा बहुमत छ ।