Sep Thu 2020 02:21:42
650 views
सिटी एक्सप्रेस फाइनान्स नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिने भएको छ । स्वाप रेशियो १०० कित्ता बराबर ३० कित्ता शेयर हुने अन्तिम सम्झौता भएको छ ।
बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपात अर्थात सिटीको १०० कित्ता शेयर बराबर नेपाल इन्भेष्टमेन्टको बैंकको ३० कित्ता शेयर स्वाप प्रदान गर्नेगरी सम्झौता गरेको जनाएको छ ।
हाल बैंकको चुक्ता पूँजी १४ अर्व २४ करोड ८९ लाख रुपैयाँ छ। फाइनान्सलाई प्राप्ति गरेपछि बैंकको चुक्ता पूँजी १२ करोड रुपैयाँ थपिनेछ । फाइनान्सको चुक्ता पूँजी ४० करोड रहेको छ । फाइनान्सको बाँकी २८ करोड रुपैयाँ बैंकको जगेडा कोषमा थपिनेछ। जुन रकम बैंकले बोनस वितरण गर्न पाउँछ ।