Sep Thu 2020 11:58:15
778 views
काठमाडौं । ब्रोकर कम्पनीहरूले एक हप्ताभित्रै शेयर कारोबारबाट करिब १० करोड बढी कमाएका छन् । यो साता शेयर कारोबार भएको चार दिनमा उक्त रकम कमाएका हुन् । चार दिनमा कुल ११ अर्ब ९० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । शेयर शेयर कारोबार गर्दा ब्रोकरहरूले खरिद र बिक्री गर्दो दुबै पटक कमिशन पाउँछन् । ब्रोकरहरूले उक्त रकमको कारोबार हुँदा खरिदतर्फबाट चार करोड ७६ लाख ८ हजार रुपैयाँ कमिशन प्राप्त गरेका छन् भने बिक्रीबाट पनि सोही बराबरको कमिशन प्राप्त गर्छन् । यो साता कारोबार भएको चार दिनमा बुधबार सबैभन्दा धेरै कारोबार भएको थियो भने आइतबार सबैभन्दा कम कारोबार भएको थियो । यद्यपि आइतबारको कारोबार भने रद्द गर्ने भनिएको छ । सोमबार ३ अर्ब ४६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बिहीबार २ अर्ब ६३ करोड ४८ लाखको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ ले २७ लाख २७ हजार रुपैयाँ कमायो
ब्रोकर नम्बर ५८ ले यस साता भएको चार दिनमा ६८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । ब्रोकर नम्बर ५८ ले न्यूनतम कमिशनको प्रतिशतलेमात्रै हिसाव गर्दा पनि २७ लाख २७ हजार रुपैयाँ कमाएको छ ।
ब्रोकर नम्बर ४४ को २३ लाख आम्दानी
कारोबार भएका चार दिनमा ब्रोकर नम्बर ४४ ले करिब ५७ करोड ५८ लाख ४६ हजार रुपैयाँको कारोबार गरेको छ । ब्रोकर नम्बर ४४ ले चार दिनको कारोबार रकमलाई ब्रोकरहरूले पाउने न्यूनतम कमिशन ०.४० प्रतिशतले करिब २३ लाख रुपैयाँ कमिशनबाट कमाएको छ । ब्रोकर कमिशनले उच्चतम प्रतिशत ०।६० प्रतिशतले हिसाब गर्ने हो भने उसले यस साता भएको चार दिनको कारोबारमा ३४ लाख ५५ हजार रुपैयाँ कमाएको छ ।
ब्रोकर नम्बर ४९ ले २० लाख १६ हजार कमायो
ब्रोकर नम्बर ४९ ले सातामा ५० करोड ४१ लाख रुपैयाँको कारोबार गरेको छ । उक्त कारोबारबाट न्यूतनम ब्रोकर कमिशन ०.४० प्रतिशतका आधारमा हिसाव गर्दा उसले करिब २० लाख १६ हजार रुपैयाँ कमाएको छ । अधिकतम ब्रोकर कमिशनका हिसावले गर्दा ३० लाख २४ हजार रुपैयाँ कमाइ गरेको छ ।