Sep Fri 2020 12:47:25
निजी प्रयोगशालामा कोरोना भाइरसको परिक्षण गराउँदा पोजेटिभ आए बीमा दाबी भुक्तानी नपाउने
काठमाडौं । कोरोना बीमामा नयाँ नियम लागू हुने भएको छ । जसमा निजी प्रयोगशालामा कोरोना भाइरसको परिक्षण गराउँदा पोजेटिभ आएमा कोरोना बीमा दाबी भुक्तानी नपाउने नियम बीमा समितिले गरेको छ ।
बीमा समितिले बीमा समितिको नाममा जारी गरेको सर्कुलरमा निजी ल्याबमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा भुक्तानी नगर्न बिमा कम्पनीहरुलाई निर्देशन गरेको हो ।
बीमा समितिले भदौं १८ गते अर्को निर्देशन जारी गर्दै कोरोना बीमा मापदण्ड अनुसार स्वास्थ्य मन्त्रालयका निकाय अन्तर्गतका पिसिआर रिपोर्ट मात्रैलाई मान्यता दिन भनिएको छ । कोरोना बीमा मापदण्डलाई थप स्पष्ट पार्दै जारी गरिएको निर्देशनमा भनिएको छ,जारी गरिएको निर्देशनमा भनिएको छ, ‘कोरोना बीमा दावी प्रयोजनको लागि समितिबाट जारी भएको कोरोना बीमा मापदण्ड, २०७७ को परिच्छेद ३ को दफा १ज्ञ अनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परिक्षण गर्दा कोरोना भाइरस कोभिड–१९ रोग संक्रमण भएको देखिएमा मात्र भुक्तानी गर्ने गरी व्यवस्था गर्नुहुन थप स्पष्ट गरिएको व्यहोरा अनुरोध गरिन्छ ।’
बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले कोरोना बीमा क्लेममा आशंका देखिएपछि सो सर्कुलर जारी गरिएको बताए । उनले निजि ल्याबमा परिक्षण गराएर कोरोना पोजेटिभ देखिएको रिपोर्टमा शंका गर्ने ठाउँ भटिएकोले यस्तो गरिएको बताए ।