एकीकृत निर्देशन २०७६ लाई संशोधन, बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरण गर्न रोक

Sep Wed 2020 03:35:08

एकीकृत निर्देशन २०७६ लाई संशोधन,  बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरण गर्न रोक

काठमाडौं। नेपाल राष्ट्र बैंकले न्युनतम पुँजीकोष कायम नगर्ने बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरण गर्न रोक लगाएको छ। 

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ लाई संशोधन गरी यस्तो व्यवस्था गरेको हो। यसअघि पुँजीकोष नपुर्याउने बैंक तथा वित्तिय संस्थाहरुले बोनस शेयर र कर बापत लाग्ने नगद लाभांश वितरण गर्न भने पाउने व्यवस्था थियो।

त्यस्तै यसअघि बाणिज्य बैंकहरुले विचमा र बर्षको अन्तिम महिनामा पुँजीकोष पुर्याउने गरेका थिए। तर अव भने बाहैै्र महिना पुँजीकोष अनिवार्य रुपमा पुर्याउनुपर्नेछ।

हाल बाणिज्य बैंकहरुले ८ अर्ब, विकास बैंकहरुले २ अर्ब ५० करोड र फाइनान्स कम्पनीहरुले ८० करोड रुपैयाँ पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेको छ।

त्यस्तै राष्ट्र बैंकले व्यक्ति वा संस्थासँग रहेको दुई प्रतिशत वा सोभन्दा बढी शेयर धितोमा राख्नुपरेमा अनिवार्य रूपमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।

स्वीकृति माग गर्दा जुन संस्थाको शेयर धितो राखिने हो सो संस्थाले ती व्यक्तिको शेयर स्वामित्व तथा धितो रहे–नरहेको विवरणसमेत पेस गर्नुपर्नेछ। संस्थापक शेयर धितो बन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको नवीकरण तथा पुनर्संरचना र पुनर्तालिकीकरण गर्न नपाइने व्यवस्था गरिएको छ।

०.५ प्रतिशतसम्म संस्थापक शेयर स्वामित्व रहेका संस्थापकले शेयर धितो राखी कर्जा लिएमा सम्पूर्ण बक्यौता ब्याज भुक्तानी भई कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न बाधा पर्ने नपर्ने राष्ट्र बैंकले जनाएको छ।