Sep Thu 2020 02:03:33
766 views
काठमाडौं समृद्धि फाइनान्स कम्पनी र डक्टर्स अन कल्स प्रालिबीच स्वास्थ्य सेवामा छूटसम्बन्धी सम्झौता भएको छ । फाइनान्स र डक्टर्स अन कल्सबीच भएको सम्झौताअनुसार फाइनान्सका सञ्चालक, कर्मचारी, प्रमोटर शेयरधनी, ग्राहक र कर्मचारीका परिवारका सदस्यले समेतले स्वास्थ्य सेवामा विभिन्न छूट पाउने भएका छन् ।
जसअनुसार फाइनान्सका सञ्चालक, प्रमोटर शेयरधनी र कर्मचारीले डक्टर्स अन कल्सले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छूट पाउने छन् । यस्तै फाइनान्सका ग्राहक र कर्मचारीका परिवारलाई १० प्रतिशतदेखि २० प्रतिशतसम्म छूट दिने बताइएको छ । साथै घरमै औषधि र मेडिकल सामग्री डेलिभरी निःशुल्क गरिएको छ । सम्झौताअनुसार डक्टर्स अन कल्सले घरमै डाक्टर सेवा, नर्सिङ केयर, ल्याब सेवा, ड्रेसिङ, इन्जेक्सनलगायत सेवा प्रदान गर्ने छ भने फाइनान्सका उल्लेखित सेवाग्राहीले सो सेवामा छूटसहितको सुविधा पाउने छन् ।