नेपाल इन्स्योरेन्सको एनसीसी बैंकमा रहेको ५ लाख कित्ता सेयर लिलामीमा

Sep Fri 2020 10:13:27

840 views

नेपाल इन्स्योरेन्सको एनसीसी बैंकमा रहेको ५ लाख कित्ता सेयर लिलामीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

इन्स्योरेन्सले सूचना जारी गरेर आफ्नो स्वमित्वमा रहेको ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । उक्त सेयरमा असोज २ देखि कात्तिक ६ गतेसम्म प्रतिकित्ता न्यूनतम ११० रुपैयाँका दरले बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरमा विद्यमान संस्थापकहरु वा अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिँदा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा दिनुपर्ने छ ।

न्यूनतम १ हजार देखि अधिकतम ५ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।