नेपाल पुनर्बिमा कम्पनीको १० करोड कित्ता सेयर जेठ २८ गते सूचिकृत भयो । त्यसपछि असार १५ गतेबाट सेयर कारोबार सुरु भयो । कारोबार सुरु भएको पहिलो दिन ४० मिनेटमा १० घटेर ३८२ रुपैयाँमा झ-यो ।
कम्पनीको कारोबार ४२४ रुपैयाँमा कारोबार खुलेको थियो । पहिलो दिन १० प्रतिशतले झरेको कम्पनीको सेयर मूल्य दोस्रो दिन पुनः घटेर ३४४ बिन्दुमा पुग्यो । त्यसपछि निरन्तर बढन थालेको बजार अहिले ९०१ बिन्दुमा पुगेको छ । कम्पनीको सेयर मूल्य दुई महिनामा नै प्रतिकित्ता ४७७ रुपैयाँले बढेको छ ।
कारोबारको सुरुमा घटेपनि त्यसपछिको अधिकांश दिन पुनर्बिमा कम्पनीको सेयर मूल्य निरन्तर बढी रहेको छ । कम्पनीको सेयर मूल्य एकाएक बढ्दा सबै अचम्ममा परेका छन् । कम्पनीको सेयर मूल्य एक साता कै हाराहारीमा ५ सय रुपैयाँ पुगेको थियो । त्यसको झण्डै डेढ महिना कम्पनीको सेयर मूल्य ५ सयदेखि ६ सयको हाराहारीमा नै रह्यो ।
त्यसपछि कम्पनीको बजार सेयर मूल्यमा निकै बढ्दै गयो । भदौ ७ गते प्रतिकित्ता ५९६ रुपैयाँ रहेको सेयर मूल्य ८ गते ६२४ रुपैयाँ पुग्यो । त्यसको ९ दिनमा नै कम्पनीको सेयर मूल्य ९०१ रुपैयाँ पुगेको छ ।