यो वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत मात्र, एशियाली देशहरुमा कसको कति ?

Sep Tue 2020 06:57:33

916 views

यो वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत मात्र, एशियाली देशहरुमा कसको कति ?

काठमाडौं ।  यो नेपालको आर्थिक बृद्धिदर वर्ष १.५ प्रतिशत मात्र  कायम हुने एसियाली विकास बैंक एडीबीले अनुमान गरेको छ ।

सरकारले भने यो वर्ष ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो ।

एडीबीले गत अप्रिलमा सन् २०२१ को पहिलो प्रक्षेपणमा ६।४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरिएको थियो । तर, कोरोना भाइरसको विश्वव्यापी महामारीले गर्दा सबै आर्थिक गतिविधिहरु खुम्चन पुगेको छ ।

एडीबीले जुन २०२१ मा ३।१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान एडीबीले गरेको थियो । तर, तेस्रो प्रक्षेपण गर्दै एसियाली विकास बैंकले यो वर्ष १।५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान एडीबीले गरेको हो ।

बैंकले इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो । उता, विश्वबैंकले केही समय अगाडी गरेको अनुमान २।१ प्रतिशत आर्थिक वृद्धिको छ । 

अघिल्लो आर्थिक वर्ष २०७६र७७ मा सरकारले २।२७ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । एडीबीको प्रक्षेपण समेत केही न केही मिल्ने देखिएको छ ।


एडीबीको तथ्यांक अनुसार सन् २०२० मा २।३ प्रतिशतको मात्र आर्थिक वृद्धि हुनेछ । यो वर्षको अन्तिम प्रतिवेदन भने सरकारले अझै सार्वजनिक गरिसकेको छैन ।

सन् २०२० मा माल्दिभ्सको आर्थिक वृद्धिदर -२०.५ प्रतिशत कायम रहने प्रक्षेपण एडीबीको रहेको छ ।

सन् २०२१ मा यो चोटबाट मुलुकहरु क्रमशः माथि उठ्न थाल्नेछन् । माल्दिभ्सले चालु आवमा सबैभन्दा बढी १०.५ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्ने अनुमान एडीबीले गरेको छ । -९ प्रतिशतले खुम्चिएको भारत पनि चालु आवमा भने उठ्नेछ ।

भारतको ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान एडीबीले गरेको छ । आर्थिक वृद्धिदरको हिसावले यो वर्ष दक्षिण एसियाली मुलुकमध्ये नेपाल र अफगानिस्तान सबैभन्दा कमजोर हुनेछन् ।


दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर अनुमान (प्रतिशतमा)


मुलुक सन् २०१९ सन् २०२० सन् २०२१

अफगानिस्तान -५ १.५

बंगलादेश ८.२ ५.२ ६.८

भुटान ४.४ २.४ १.७

भारत ४.२ -९

माल्दिभ्स ५.९ -२०.५ १०.५

नेपाल २.३ १.५

पाकिस्तान १.९ -०.४

श्रीलंका २.३ -५.५ ४.१

समग्र दक्षिण एसिया ४.३ -६.८ ७.१

चालु आव भित्रै अर्थतन्त्र माथि उठ्छ !


कोभिड १९को विश्वव्यापी असर जारी छ । तर, मुलुकहरु क्रमशः अर्थतन्त्र उकास्नेतर्फ अग्रसर हुन थालेका छन् । यसका वावजुत सन् २०२० मा भने अर्थतन्त्र सबैभजसो मुलुकमा शिथिल बन्नेछ । तर, सन् २०२१ मा भने समग्र एसियामा भने अर्थतन्त्र जुर्मुराउन थाल्ने अनुमान एडीबीले गरेको छ ।

एसियाली विकास बैंकका अनुसार सन् २०२० मा एसियाली क्षेत्रको आर्थिक वृद्धिदर शून्यभन्दा पनि तल झर्दै -०.७ प्रतिशत कायम हुनेछ । सन् २०१९ मा एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदर ५.१ प्रतिशत थियो ।

तर, सन् २०२१ मा भने यो दर निकै माथि उठ्नेछ । विश्व बैंकको प्रक्षेपण अनुसार यो वर्ष ६.८ प्रतिशतको वृद्धिदर कायम हुनेछ । यसमा खासगरी विकसित र ठूलो अर्थतन्त्र भएका मुलुकले क्रमशः अर्थतन्त्रलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।

यो वर्ष सिंगापुरको जीडीपी ४.५ प्रतिशतले बढ्नेछ । भारतको ८ प्रतिशत, चीनको ७.७ प्रतिशत र दक्षिण कोरियाको जीडीपीमा ३.३ प्रतिशतको वृद्धि देखिनेछ । हङकङको समेत वृद्धिदर ५.१ प्रतिशत रहनेछ ।