Sep Wed 2020 08:49:29
काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज महिनाभित्रै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंक नियमन विभागले बुधबार इजाजत प्राप्त सबै बैंक तथा वित्तीय संस्थालाई ब्याजदर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले भदौ २८ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको एकीकृत निर्देशन जारी गर्दै भदौ व्यक्तिगत प्रकृतिका आवधिक आवास तथा सवारी साधन कर्जाहरुका हकमा स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । अब सो व्यवस्था असोज मसान्तभित्रै लागु हुनेछ र ऋणीहरुले स्थिर ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
यो व्यवस्थासँगै अब घर र गाडी खरिद कर्ताहरुले ब्याजदर बढिरहने झण्झटबाट मुक्ति पाएका छन् । अब आवधिक प्रकृतिको यस्ता कर्जा लिनेहरूका लागि सुरुमै स्थिर ब्याजदर तोकिने छ । कात्तिक महिनाबाट भने ऋणीहरूले स्थिर ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।