Sep Thu 2020 07:21:04
910 views
काठमाडौं । ७ वटा वाणिज्य बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभेरेष्ट बैंक र स्टाण्डर्ड चार्टड बैंकले निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । यो बैंकले मुद्धति निक्षेपमा भने व्यक्तिगत ६ प्रतिशत र संस्थागत ५ प्रतिशतदेखि अधिकतम् ७.२५ प्रतिशतसम्म दिने जनाएको छ ।
यसैगरी एभरेष्ट बैंकले साधारण निक्षेपमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याज दिने बताएको छ । मुद्धति निक्षेपमा भने एभरेष्ट बैंकले ५.५० प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म दिने बताएको छ ।
हिमालयन बैंकले साधारण निक्षेपमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुद्धति निक्षेपमा ३ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । उता एनसीसी बैंकले साधारण निक्षेपमा ५ प्रतिशतसम्म र मुघति निक्षेपमा ८.२५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ ।
यसैगरी सनराइज बैंकले साधारण निक्षेपमा २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म र मुद्धति निक्षेपमा ७.७५ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ ।
स्टाण्डर्ड चार्टर्ड बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म र मुघति निक्षेपमा अधिकतम् ६.७५ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ ।
नेपाल एसबीआई बैंकले साधारण निक्षेपमा अधिकतम् ५ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । मुद्दति निक्षेपमा भने ७.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।