हबिबले हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्दै, सीडीसी नआउने भएपछि सञ्चय कोषको तयारी

Sep Sat 2020 09:16:14

1469 views

हबिबले हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्दै, सीडीसी नआउने भएपछि सञ्चय कोषको तयारी

हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत संस्थापक सेयर छ । हबिब बैंकले हिलायनबाट आफ्नो सेयर स्वामित्व बिक्री गर्ने तयारीमा गरिरहेको छ । जसका लागि केही समयअघिमात्र हबिबले बेलायतको कमवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) लाई हिमालयनका रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर खरिद गर्न आग्रहसमेत गरेको थियो । तर अन्तर्राष्ट्रिय लगानीकर्ता नआएपछि हबिबले सञ्चयकोषलाई आफ्नो सेयर खरिद गर्न आग्रह गरेको छ।

कर्मचारी सञ्चय कोषको हिमालयन बैंकमा १४ प्रतिशत सेयर छ । त्यसैले हबिबको २० प्रतिशतनै सेयर खरिद गर्न कोषले नमिल्ने प्रावधान रहेको सञ्चयकोषका एक अधिकारीले बताए ।

कर्मचारी सञ्चयकोष ऐनमा कोषले कुनैपनि बैंक तथा वित्तीय संस्थाको सेयरमा सोही संस्थाको पुँजीको २५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।

कोषले हिमालयन बैंकमा हबिबको ९ प्रतिशत सेयर खरिद गरेमा बाँकी ११ प्रतिशत सेयर बैंककै अन्य संस्थापकले खरिद गर्न पर्ने हुन्छ । 

हिमालयन बैंकका ठुला लगानीकर्ताहरुमा हिमालयन शमसेर जबरा, भिम पाँडे, पृथ्वी पाँडे, नरसिंह बहादुर क्षेष्ठ र आन्नदभक्त राजभण्डारी हुन् । यी नै व्यक्तिहरुबाट प्रवद्धित कम्पनीहरुको तर्फबाट एन ट्रेडिङ कम्पनी प्रालिको १२.७१, म्युचुअल ट्रेडिङ कम्पनी प्रालिको ११.८५ प्रतिशत, आभा इन्टरनेशनल प्रालिको ११.३८ प्रतिशत, छायाँ इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत र शशिकान्त अग्रवालको २.६५ प्रतिशत सेयर छ । बाँकी लगानीकर्ताको सेयर १ प्रतिशतभन्दा तल सेयर स्वामित्व छ ।