काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले मेरो शेयरमा अनिवार्य पीन कोडको व्यवस्था गरेको छ ।
मेरो शेयर सफ्टवेयरमा रहेको माई आस्बा मार्फत सार्वजनिक निष्कासन भएका धितोपत्रको खरिद आवेदन प्रविष्टि गर्दा चार अंकको पीन कोडको प्रयोग गर्नुपर्ने सिडिएससीले जानकारी दिएको छ । उक्त पीन कोडा सेट गर्नका लागि प्रयोगकर्तालाई मेरो शेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पीन कोडा सेट गर्नुपर्ने सिडिएससीले जनाएको छ ।
सिडिएससीले सञ्चालन गरेको मेरो शेयर सफ्टवेयरलाई थप सुरक्षित बनाउने उदेश्यले हाल प्रयोगमा रहेको अन टाइम पासवर्ड (ओटीपी) लाई प्रतिस्थापन गरी पर्सनल आइडेन्टिफिकेसन नम्बर (पीन) कोडको व्यवस्था गरेको हो ।