Sep Mon 2020 09:34:37
1666 views
काठमाडौँ सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सोमबार उक्त निर्णय गरेको छ । यो सँगै अब सहकारी संघसंस्थाले कर्जा प्रवाह गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् ।
यो व्यवस्था २०७७ कात्तिक १५ देखि लागू हुने सहकारी विभागले जनाएको छ ।
अब सहकारी संस्थाले बचतमा अधिकतम् ८।७५ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् । कर्जा र बचतको ब्याजअन्तर ६ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्था कायम भएको छ ।
सहकारी विभागको रजिष्ट्रारको संयोजकत्वमा सन्दर्भ ब्याजदर निर्धारण समिति गठन गरिएको छ । सोही समितिले पहिलो पटक सन्दर्भ ब्याजदर परिमार्जन गरेको हो । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई अधिकतम् ब्याजदर सीमा १५ प्रतिशत कायम गरेपछि सहकारीमा सो भन्दा कम ब्याजदर कायम गर्ने दबाब छ ।