सहकारीमा पनि सम्पत्ती शुद्धीकरण पस्यो, अब गैरकानूनी पैसा राख्न नपाइने

Sep Mon 2020 02:55:55

सहकारीमा पनि सम्पत्ती शुद्धीकरण पस्यो, अब गैरकानूनी पैसा राख्न नपाइने

काठमाडौं । डेटम सिस्टम्स प्राइभेट लिमिटेड र इन्फोडेभलपर्स प्राइभेट लिमिटेड संस्थाबीच सम्झौता भएको छ । ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ट्रस्टएमल सिस्टम सहकारी संस्थाको लागि पनि उपलब्ध गराउन इन्फोडेभलपर्स प्राइभेट लिमिटेड र डेटम सिस्टम्स प्राइभेट लिमिटेडबीच सम्झौता भएको हो । 

 सहकारी संस्थाहरुमा बैंकिंग सफ्टवेयर उपलब्ध गराउने अग्रणी संस्था इन्फोडेभलपर्स प्राइभेट लिमिटेडबीच पारस्परिक सहयोग उपलब्ध गराउने समझदारी भएको छ ।  सो समझदारी पत्रमा डेटम सिस्टम्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  गिरिश दाहाल र इन्फोडेभलपर्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी ले हस्ताक्षर गरेका हुन । 

यस समझदारीबाट सहकारी संस्थाहरुले  अत्यन्त सरलिकृत रुपमा  सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र सहकारी विभागले समय समयमा दिएका निर्देशन बमोजिम  ग्राहकको पहिचान गर्न, त्यसको अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरण को आधारमामा जोखिम निर्धारण गर्न सक्ने डेटमले जनाएको छ । 



 ग्राहकको पेशा, स्थान, व्यवसाय को प्रकृति, बैंकबाट प्रदान गरिएको सेवा र डेलिभरि च्यानेल समेतको आधारमा सफ्टवेयरले जोखिम निर्धारण गर्न सक्नेछन । ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा ग्राहकको काम कारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन । 

बैंकिंग सफ्टवेयर विकास गर्ने संस्था र सम्पत्ति शुद्धिकरण निवारण गर्न कार्य गर्ने सफ्टवेयर विकास गर्ने संस्थाको सहकार्यबाट नेपालमा छरिएर रहेका सहकारी संस्थाहरु लाई  सस्तो र सुलभ रुपमा उपलब्ध भएपछि सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय लक्ष र  सन् २०२१ हुने  परस्पर मूल्यांकनमा पुग्न सहयोग मिल्ने छ ।