एक सातामै २१ अर्वनिक्षेप र ९ अर्व कर्जा थपियो

Sep Fri 2020 02:00:01

422 views

एक सातामै २१ अर्वनिक्षेप र ९ अर्व कर्जा थपियो

निषेधाज्ञा खुलाएसँगै बैंकिङ कारोबार बढ्न थालेको छ। यसैगरी उद्योगी तथा व्यवसायीहरुले दशैंलाई लक्षित गर्दै व्यवसाय संचालन गर्न थालेपछि बैंकमा कारोबार बढेको हो।

नेपाल बैंकर्स संघका अनुसार गत सातामात्र बाणिज्य बैंकहरुमा २१ अर्व रुपैयाँ निक्षेप थपिएको छ। सातामा औसत ५–६ अर्व निक्षेप थपिँदै आएकोमा पछिल्लो साता निक्षेप उच्च बढेको हो।
भदौ २६ गतेसम्म बैंकमा ३४ खर्व ९५ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज २ गतेसम्ममा बढेर ३५ खर्व १६ करोड रुपैयाँ पुगेको छ।

बैंकहरुमा निक्षेपसँगै कर्जा लगानी पनि बढ्न थालेको छ। गत साता बैंकहरुले १३ अर्व रुपैयाँ लगानी बढाएका छन्।

भदौ २६ गतेसम्ममा बाणिज्य बैंकहरुको कर्जा २९ खर्व ४ अर्व रहेकोमा असोज २ गतेसम्ममा बढेर २९ खर्व १३ अर्व रुपैयाँ पुगेको छ।

आर्थिक गतिविधि बढेसँगै कर्जाको माग पनि क्रमशः बढ्दै गएको नेपाल बैंकर्स संघले जनाएको छ। तर, बैंकहरुको क्षमताका आधारमा कर्जा लगानी भने हुन सकेको छैन।