राष्ट्रिय बाणिज्य बैंकको शेयर लिलामीमा, असोज २० गतेसम्म उक्त शेयरमा आवेदन गर्न पाउने

Sep Fri 2020 06:36:43

872 views

राष्ट्रिय बाणिज्य बैंकको  शेयर लिलामीमा,  असोज २० गतेसम्म उक्त शेयरमा आवेदन गर्न पाउने

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटलको संस्थापक शेयर असोज ६ गतेदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीको ४ लाख २८ हजार ५८० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न हुन लागेको हो ।

उक्त बोलकबोल प्रक्रियामा संस्थापक शेयरधनी, संगठित संस्था, बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागि हुन पाउने कम्पनीले बताएको छ ।

लगानीकर्ताले असोज २० गतेसम्म उक्त शेयरमा आवेदन गर्न पाउनेछन् । शेयर खरीदको लागि आवेदन गर्दा एकमुष्ट ४ लाख २८ हजार ५८० कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

शेयरकोे न्यूनतम मूल्य प्रतिशेयर रू. २०५.८२ तोकिएको हुँदा उक्त मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदनलाई बोलकबोल मूल्यांकनमा समावेश गरिने छैन । विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।