Sep Fri 2020 07:15:56
850 views
काठमाडौ । नेपाल राष्ट्र बैंकका ५ जना उच्च अधिकारीलाई कोरोना पुष्टि भएको छ । बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित बैंकका ५ जना उच्च अधिकारीलाई कोरोना पुष्टि भएको हो । मुद्रा व्यवस्थापन विभागमा कार्यरत दुई जना कर्मचारीमा कोरोना पुष्टि भएपछि गरिएको बैंकका अन्य कर्मचारीको स्वाव परिक्षणमा ५ जना उच्च अधिकारीलाई कोरोना देखिएको हो ।
बिहीबार डेपुटी गभर्नर श्रेष्ठ र राष्ट्र बैंक सुपरभिजन विभागका चार जना उच्च अधिकारीमा कोरोना पुष्टि भएको जनाइएको छ । त्यस वाहेक एक जना सवारी चालकमा पनि कोरोना पुष्टि भएको छ ।
राष्ट्र बैंकका उच्च अधिकारीलाई कोरोना पुष्टि भएपछि गभर्नर महाप्रसाद अधिकारी लगायत उच्च अधिकारीहरु कन्ट्रयाक्ट ट्रेसीङमा परेका छन् । उनीहरुको पनि कोरोना जाँच गर्न स्वाव परिक्षणको तयारी गरिएको छ ।