कोरोनाका कारण राष्ट्र बैंक, लक्ष्मी बैंक, एभरेष्ट इन्स्योरेन्स सिल

Sep Fri 2020 09:10:41

2159 views

कोरोनाका कारण राष्ट्र बैंक, लक्ष्मी बैंक, एभरेष्ट इन्स्योरेन्स सिल

काठमाडौं । राजधानी काठमाडौंको दरवारमार्ग क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको पाइएको छ । दरवारमार्गमा रहेको नेपाल राष्ट्र बैंकका डुपेटी गभर्नरसहित एक दर्जन कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोनाको तीव्र संक्रमणसँगै राष्ट्र बैंकको सो कार्यालय सिल गरिएको छ ।

त्यस्तै हात्तिसारमा रहेको लक्ष्मी बैंकमा पनि कोरोनाको संक्रमण फैलिएको पाइएको छ । हात्तिसारस्थित लक्ष्मी बैंकको शाखा कार्यालय समेत सिल गरिएको छ । हात्तिसारमै रहेको एभरेष्ट इन्स्योरेन्स कम्पनी समेत कोरोनाबाट प्रभावित भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै सो क्षेत्रमा उच्च सतर्ककता अपनाइएको छ । दरबारमार्गमै रहेको अन्य केही क्षेत्रमा समेत कोरोना भाइरसको संक्रमण फैलिएको छ ।