एनसीसी र नेपाल बंगलादेश बैंकबीच मर्जर हुदैछ !

Sep Sat 2020 09:38:38

2100 views

एनसीसी र नेपाल बंगलादेश बैंकबीच मर्जर हुदैछ !

बिग मर्जर को योजनामा ग्लोबल आइएमई र जनता बैंक एक बने । तर नेपाल बंगलादेश ९एनबी० बैंक र नेपाल बंगलादेश (एनबी) बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)  को मर्जर गराउन एनबी ग्रुपले राष्ट्र बैंकमा गरेको पत्राचार त्यत्तिकै अलमलमा परेको छ ।

एकै व्यक्ति वा संस्थाको सेयर ९क्रस होल्डिङ० रहेका बैंकहरु मर्ज गराउने राष्ट्र बैंकको रणनीति हो । यी दुई बैंकहरुमा पनि क्रस होल्डिङ रहेको छ । क्रस होल्डिङ गर्नेमध्येको एक संस्थापक लगानीकर्ता एनबी ग्रुपले साउन दोस्रो साता राष्ट्र बैंकलाई पत्राचार गर्दै मर्जरका लागि आवश्यक निर्देशन दिन आग्रह गरेको थियो । तर, एनबीको त्यो पत्रको कारबाही राष्ट्र बैंकले हालसम्म पनि अगाडि बढाएको छैन ।

एनबी ग्रुपका प्रवन्ध निर्देशक ९एमडी० लक्ष्मी बहादुर श्रेष्ठ दुई बैंक मर्ज गराउनका लागि जोडतोडका साथ लागेका छन् । श्रेष्ठले मर्जर गराउन चाहेपनि दुवै बैंकका सञ्चालक समितिले भने खासै सक्रियता देखाएका छैनन् । राष्ट्र बैंकले निर्देशन नदिएकाले पनि दुवै बैंकमा तातो नलागेको एनसीसी बैंकका एक सञ्चालकले बताए ।