मेरो शेयरको मोबाइल एपबाट शेयर भर्न नमिल्ने

Sep Sat 2020 06:56:12

864 views

मेरो शेयरको मोबाइल एपबाट शेयर भर्न नमिल्ने

काठमाडौं । मेरो शेयरको मोवाईल एपमा शेयर कारोबार सम्बन्धि अन्य व्यवस्था भए पनि आवेदन दिने व्यवस्था भने हालसम्म भएको छैन् । सिडिएससीले भदौ ३१ गतेदेखि परिक्षणका लागि मेरो शेयर मोवाईल एप तयार गरी गुगल प्लेस्टोरमा राखेको छ । हालसम्म यो एप १० हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् । यस अघि सञ्चालनमा रहेको शेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री एवम् सहज रुपमा प्रयोग गर्ने उदेश्य अनुरुप सिडिएससीले सोहि सफ्टवेयरको मोवाईल एप परिक्षणका लागि सञ्चालनमा ल्याईएको हो । 

मेरो शेयरको वेब भर्जनमा रहेका सम्पूर्ण सुविधाहरुमध्य हाल माई आस्बा भित्र रहेका सुविधा वाहेकका सबै सेवा मोवाईल एपमा पनि उपलब्ध छ । निकट भविश्यमानै माई आस्बा सहितको सम्पूर्ण सेवा सुविधाहरु सामेल गरी पूर्ण रुपमा सञ्चालमा ल्याउने तयारी सिडिएससीको रहेको छ । 

मोवाइल एपमा माई आस्वा सेवा उपलब्ध नभएपनि अन्य धितोपत्र कारोबार सुविधा भएकाले सार्वजनिक निष्कासनका क्रममा भने मोवाईल एप मार्फत अन्य कारोबार गरे आवेदनमा समस्या नहुने विश्वास सिडिएससीको छ । 

मेरो शेयर सफ्टवेयर र एपमा लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामा मौज्दात रहेको धितोपत्रको विवरण हेर्न, बजार मूल्यको आधारमा कायम भएको पोर्टफोलियो हेर्न , आफ्नो स्वामित्वमा रहेको धितोपत्रको लागतको भारित औषत गणना गर्न, धितोपत्रको कारोबार पछिको राफसाफका लागि आफ्नो सम्बन्धित राफसाफ सदस्यलाई हस्तान्तरण गर्नका लागि विद्युतिय निर्देशन पुर्जी जारी गर्न तथा प्राथमिक बजारमा सार्वजनिक निष्कासन भएका शेयरमा आवेदन गर्न सक्ने सुविधा रहेको छ । 

त्यस्तै अवको दिनमा शेयर भर्नका लागि मेरो शेयरमा अनिवार्य पिन कोडको व्यवस्था गरिएको छ । सिडिएससीले मेरो शेयरमा अनिवार्य पिनकोडको व्यवस्था गरेसँगै मेरो शेयरबाट आवेदन दिनेहरुले अनिवार्य पिनकोड सेट गर्नुपर्ने भएको हो । लगानीकर्ताहरु आफैले आफ्नो इच्क्षा अनुसारको पिन कोड राख्न सक्नेछन् । लगानीकर्ताहरुले मेरो शेयर सफ्टवेयरलाई थप सुरक्षित बनाउने उदेश्यले हाल प्रयोगमा रहेको अन टाइम पासवर्ड (ओटीपी) लाई प्रतिस्थापन गरी पर्सनल आइडेन्टिफिकेसन नम्बर (पीन) कोडको व्यवस्था सिडिएससीले गरेको हो ।