नबिल बैंकले सेयर लगानीका लागि ७.७५ प्रतिशत सस्तोमा ऋणको दिने भएको छ । यससँगै लगानीकर्ताले नेप्सेमा कारोबार हुने सेयरहरु धितो राखी नबिल बैंकबाट ५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको सस्तो ब्याजदरमा सजिलै सेयर धितो कर्जा पाउने भएका छन् ।
नबिल बैंकको जुनसुकै शाखाहरुबाट सेयर धितो कर्जा पाउन सक्ने बैंकले जानकारी गराएको छ ।
हाल बैंकको ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।