Sep Sun 2020 10:08:08
1522 views
काठमाडौं । जनरल इन्स्योरेन्सले निष्कासन गर्न लागेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिन पिन कोड चाहिने भएको छ । सीडीएस एण्ड क्लियरिङ ९सीडीएससी०ले नयाँ व्यवस्था गरेसँगै ‘मेरो सेयर’ सफ्टवेयरबाट आईपीओ भर्न अब पिन कोड चाहिने भएको हो ।
यसअघि मेरो सेयर प्रयोगकर्ताले सार्वजनिक निष्काशन भएका धितोपत्र खरिदको लागि आवेदन दिँदा वान टाइम पासवर्डको प्रयोग गर्नुपर्ने थियो । त्यसको सट्टामा सीडीएसले हालै मात्रै अनिवार्य रुपमा पिन कोड प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो ।
पिन कोड ‘मेरो सेयर’ प्रयोगकर्ता तथा लगानीकर्ता आफैले सेट गर्न सक्नेछन् । जसको लागि सर्वप्रथम मेरो सेयर प्रयोगकर्ताले ‘मेरो सेयर’ एप अर्थात ब्राउजर मार्फत ‘मेरो सेयर’ पोर्टलमा गई लग इन गर्नुपर्ने छ । ४ डिजिटको उक्त पिन कोड सेट गर्नको लागि प्रयोगकर्ताले मेरो सेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पिन कोड सेट गर्नुपर्ने व्यवस्था रहेको छ । मेरो सेयर लगइन गर्दा युजरनेम, पासवर्ड राखेर लगइन गरेपछि पीन कोड हाल्ने अप्सन आउँछ ।