नेप्सेमा एकैदिन तीन अर्ब बढीको कारोबार, युनिलिभरको मूल्य १३७९ रुपैयाँले घट्यो

Sep Sun 2020 07:00:10

777 views

नेप्सेमा एकैदिन तीन अर्ब बढीको कारोबार, युनिलिभरको मूल्य १३७९ रुपैयाँले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से ४.२९ अंक बढेर १५६५.५५ विन्दुमा उक्लिएको छ । आइतबारको सेयर बजारमा कारोबार भने १९१ कम्पनीको ३ अर्ब १४ करोड रुपैयाँ हाराहारीको भयो । यसमा सबैभन्दा बढी सेयर कारोबार सोल्टी होटलको भएको छ । सोल्टीको एकैदिन साढे ४८ करोडभन्दा बढीको कुल ८४ लाख ९५ हजार ४३८ कित्ता सेयर किनबेच भएको हो ।

आइतबार १२ उपसमूहमध्ये बैंक, होटल, विकास बैंक फाइनान्स र म्युचुअल फण्डको सूचक मात्र बढेको छ । होटल समूहको सूचक करीब तीन प्रतिशतले बढ्यो छ ।

साथै, आइतबार सेयर मूल्य बढ्नेमा अधिकांश जलविद्युत र फाइनान्स कम्पनीहरु रहे । बेष्ट फाइनान्सको सेयर मूल्य ९ दशमलव ९१ प्रतिशत बढेको छ ।

युनिलिभर गत  वर्षको नाफाबाट यसपालि भने सय प्रतिशत मात्रै लाभांस दिने निर्णय गरेपछि यस कम्पनीको सेयर मूल्य एकैदिन प्रतिकित्ता १३७९ रुपैयाँ (७ प्रतिशत) ले घटेर १८ हजार २५ रुपैयाँमा आइपुगेको छ । पछिल्लो दशकमा युनिलिभरले ६८० देखि १२७० प्रतिशतसम्म लाभांश दिएको थियो ।