अबदेखि एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाइने

Sep Tue 2020 05:29:20

630 views

अबदेखि एउटै व्यक्ति एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाइने

काठमाडौँ, कात्तिक १ गतेबाट एउटै व्यक्ति एकै प्रकृतिका २ वटा सहकारीमा सदस्य बन्न नपाउने भएको छ । सहकारी विभागको सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो ।

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ ९क० मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहेको भए ३ वर्षभित्र एउटा संस्थाको मात्रै सदस्यता कायम गर्नुपर्ने व्यवस्था छ ।

सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा ३ वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाउने भएका हुन् ।

विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित सेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्नका लागि आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत गरेको छ ।