समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयर असोज १६ गतेदेखि, भर्न छुट्ला है

Oct Thu 2020 09:59:58

764 views

समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयर असोज १६ गतेदेखि, भर्न छुट्ला है

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको दुई सय प्रतिशत हकप्रद शेयर असोज १६ गते शुक्रवारदेखि निष्कासनमा आउने भएको छ । कम्पनीले १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद प्रयोजनका लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गरेकाले भदौ ११ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र समृद्धिको हकप्रदमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै बैंक अफ काठमाडौंका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज , सुर्खेत, विरगञ्ज , पोखरा, नारायणघाट, जनकपुर, विराटनगर, विर्तामोडबाट पनि आवेदन दिन सकिनेछ । 

त्यस्तै, समृद्धि फाइनान्सको केन्द्रिय कार्यालयसँगै पुतलीसडक र बुटवलको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रदलाई इक्रा नेपाल लिमिटेडले कमजोर आधारहरु जनाउने इक्रा आईपीओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार रहेको छ ।