बैंक अफ काठमाण्डूले शेयरधनीलाई १६ प्रतिशत लाभांश बाँड्ने

Oct Thu 2020 10:03:04

1022 views

बैंक अफ काठमाण्डूले शेयरधनीलाई १६ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २९७६/७७ को सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर समेत ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरुले पाउनेछन् । 

गत वर्ष बैंकले कुल १७ प्रतिशत लाभांश दिएको थियो । गत वर्ष बैंकले ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत कर समेत नगद लाभांश दिएको हो । गत वर्षभन्दा १ प्रतिशत लाभांश कम दिएको बैंकले यो वर्ष बोनसमा जोड दिएको छ ।