२१ वटा बाणिज्य बैंकहरुको नाफा घट्यो, हेर्नुहोस् कुन बैंकको नाफा कति ?

Oct Thu 2020 04:17:28

675 views

२१ वटा बाणिज्य बैंकहरुको नाफा घट्यो, हेर्नुहोस् कुन बैंकको  नाफा कति ?
वाणिज्य बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ७८ प्रतिशत बैंकहरुको खुदा नाफा घटेको छ ।

गत आवमा हाल सञ्चालनमा रहेका २७ मध्ये २१ वटा बैंकहरुको खुद नाफा खुम्चिएको छ । बैंकहरुको नाफा औसतमा ११ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कुल ६१ अर्ब ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएका बैंकहरुले गत आवमा कुल ५४ अर्ब ३१ करोड ६० रुपैयाँमा खुम्चिएका छन् । यो अघिल्लो आवको तुलनामा ७ अर्ब ३७ करोड द३८ लाख रुपैयाँ कम हो । अघिल्लो आवमा बैंकहरुको नाफा वृद्धिदर करिब २५ प्रतिशत रहेको थियो ।

गत आवमा ७८ प्रतिशत अर्थात २१ वटा बैंकको नाफामा गिरावट आएको छ । यी बैंकहरुको नाफा औसतमा करिब १७ प्रतिशतले घटेको छ ।

आवमा सबैभन्दा धेरै नाफा सिभिल बैंक र नेपाल एसबीआइ बैंकको घटेको छ । जसमा सिभिलको सबैभन्दा धेरै ३५.४ प्रतिशत र एसबीआइको ३३.२३ प्रतिशतले घटेको छ ।


६ बैंकले नाफा बढाए 

कोरोनाका बाबजूद ६ वटा बैंकले भने आफ्नो नाफा बढाउन सफल भएका छन् । अघिल्लो आवको तुलनामा निक्षेप संकलनका साथै कर्जा लगानी बढाउँदा, कोरोना अवधिमा उठाउनु पर्ने धेरैजसो किस्ता/ब्याज असुल गर्न सक्दा यी बैंकको नाफा वृद्धि भएको छ ।

यस्तै, माछापुच्छे बैंकको २६ प्रतिशतले घटेको छ भने सानिमा, सिटिजन्स्, प्रभु, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डू नेपाल बंगलादेश बैंकको पनि २१ प्रतिशत भन्दा धेरैले नाफा खुम्चिएको छ ।

यस्तै, निजी क्षेत्रका बैंकहरुमा सधैं अब्बल रहँदै आएको नबिल बैंकको समेत नाफा घटेको छ । यसको खुद नाफा करिब १६ प्रतिशतले घटेको छ ।

गत आवमा ६ वटा बैंकको मात्र नाफा १० प्रतिशत भन्दा कमले घटेको छ । जसमा सबैभन्दा कम कुमारी बैंकको ०.३१ प्रतिशतले घटेको छ ।

 आवमा सबैभन्दा धेरै सेञ्चुरीले कमर्शियल बैंकले नाफा बढाएको छ । यस बैंकले आफ्नो खुद नाफा ३३.९९ प्रतिशतले बढाएको छ । सेञ्चुरीले गत आवमा आफ्नो नाफा करिब २३ करोडले बढाएर ९० करोड पुर्याएको छ ।

यस्तै, बिग मर्जर गरेको ग्लोबल आइएमईले बैंकले पनि आफ्नो नाफा ११ प्रतिशतले बढाएको छ । यस्तै, एनसीसीले १०.७४ प्रतिशत, प्राइम कमर्शियलले ४.२८ प्रतिशत, एनआइसी एशियाले ३.२५ प्रतिशत र एनएमबी बैंकले ०.५९ प्रतिशत खुद नाफा बढाएका छन् ।