पैसाबाट कोरोना सर्छ ! यसो भन्छन् चिकित्सक

Oct Fri 2020 04:05:13

पैसाबाट कोरोना सर्छ ! यसो भन्छन् चिकित्सक

कोरोना भाइरस मानिसको शरीरभित्रबाहेक सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने चिकित्सकले जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको भिडियामो डा. कृष्णा मल्ल वैद्यले कोरोना संक्रमित व्यक्तिले चलाएको पैसामा पनि कोरोना हुने भएकोले पैसा चलाएपछि साबुनपानीले हात धुने या राम्रोसित सेनिटाइजरको प्रयोग गर्न सुझाएकी छिन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल विश्वभरि चलिरहेको कोरोना महामारीको चपेटामा बढी मात्रामा वृद्ध जनसंख्या परेको हुनाले उनीहरुलाई संक्रमणबाट जोगाउन परिवार तथा आश्रमले सुरक्षाका मापदण्ड पालना हुनेगरी व्यवस्था मिलाउन अनुरोध गरेको छ।

घर तथा केन्द्रहरुमा रहेका जेष्ठ नागरिकलाई महामारीबाट जोगाउन युवाहरूले सामाजिक दूरी कायम राख्ने, ज्येष्ठ नागरिकलाई भेट्दा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम राख्नेलगायत नियम पालना गर्न अनुरोध गरेका छन्। अहिले लकडाउन खुकुलोभएपछि मापदण्ड पालनामा हेलचेक्र्याइँ बढेकोमा सचेत हुन पनि डा. कँडेलले आग्रह गरे। तथ्यांकअनुसार नेपालमा कुल जनसंख्यामा ८.१३ प्रतिशत ज्येष्ठ नागरिकको जनसंख्या छ।