हाइड्रोको सेयर मूल्यमा उछाल आयो, कहिलेसम्म उछाल रहला !

Oct Sat 2020 06:38:29

2157 views

हाइड्रोको सेयर मूल्यमा उछाल आयो, कहिलेसम्म उछाल रहला !

काठमाडौं । बिहीबारको शेयर बजारमा अधिकांश हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ ।  १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढ्यो भने ६ वटा हाइड्रो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट नै लाग्यो।

सबैभन्दा बढी अपी पावर कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतले बढेको छ । त्यस्तै, माउन्टेन हाइड्रोपावर नेपाल, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, दिब्यश्वरी हाइड्रोपावर, बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले उकालो लागेर सर्किट लागेको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, खानी खोला हाइड्रोपावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, यूनाईटेड मोदी हाइड्रोपावर, हाइड्रो इलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रोको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यसैगरी, युनाईटेड फाइनान्सको ९.१७, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.१५, आँखुखोला जलविद्युत कम्पनीको ९.०९ र अरुण काबेली पावरको ९ प्रतिशतले सेयर मूल्य उकालो लागेको छ ।

बजारमा सबैभन्दा बढी अरुण काबेली पावरको सेयर कारोबार भएको छ । कम्पनीको १४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २१८ रुपैयाँ रहेको छ ।