प्रतिशेयर रू. १०० मूल्यमा सिभिल बैंकको ८ लाखभन्दा बढी शेयर लिलामीमा

Oct Sat 2020 06:42:49

963 views

प्रतिशेयर रू. १०० मूल्यमा सिभिल बैंकको ८ लाखभन्दा बढी शेयर लिलामीमा

काठमाडौं । सिभिल बैंक लिमिटेडले असोज १६ गते शुक्रवारदेखि संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको छ । बैंकले ८ लाख ६७ हजार ६०४ कित्ता शेयर असोज ३० गतेसम्मका लागि  विक्री खुला गरेको हो । यो शेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी ,संघसंस्थाहरुले असोज ३० गतेभित्र बोलपत्र पेश गर्न सकनेछन् । 

सिभिलले प्रतिशेयर रू. १०० मूल्य तोकेर यो शेयर लिलामीमा विक्री खुला गरेको हो । बोलकबोल गर्दा सो मूल्य वा बढी मूल्य तोक्नुपर्नेछ । आवेदनहरुले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि बोलकबोल गर्न सक्नेछन् । तोकिएको अवधिभित्र प्राप्त आवेदन कात्तिक २ गते विक्री प्रबन्धकको कार्यालय सिभिल क्यापिटलमा विहान ९ बजे खोलिनेछ ।