नागरिक लगानीकोष सहित ६ कम्पनीको १३ अर्ब ८३ करोडको हकप्रद सेयर पाइपलाइनमा, कुन-कुन ले जारी गर्दैछन् हेर्नुहोस्

Oct Sat 2020 07:58:20

2183 views

नागरिक लगानीकोष सहित ६ कम्पनीको  १३ अर्ब ८३ करोडको हकप्रद सेयर पाइपलाइनमा, कुन-कुन ले जारी गर्दैछन् हेर्नुहोस्

काठमाडौं । धितोपत्र बोर्डमा १३ अर्ब ८३ करोड ५२ लाख २१ हजार २४६ रुपैयाँको हकप्रद सेयर पाइपलाइनमा रहेको छ ।

६ वटा कम्पनीले जारी गर्न लागेको हकप्रदमा सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको रहेको छ । कम्पनीले

१.१ अनुपातमा ११ करोड कित्ता हकप्रद जारी गर्नको लागि धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्नको लागि २०७६ असार ३१ गते बोर्डमा अनुमतिको लागि आवेदन दिएको थियो । अहिलेसम्म बोर्डको अनुमति पाएर हकप्रद जारी गर्न सकेको छैन ।

सबैभन्दा लामो समयदेखि बोर्डको पाइपलाइनमा श्री राम सुगर मिल्सको रहेको छ । मिल्सले १ः३ अनुपातमा ८९ लाख ३ हजार ९४९ कित्ता हकप्रद सेयर निष्काशनको निम्ती २०७४ साल वैशाख २८ गते आवेदन दिएको थियो । अहिलेसम्म बोर्डको पाइपलाइनमा नै रहेको छ । 

हकप्रदको पाइपलाइनमा नाग्दी ग्रुप पावरको १०ः३ अनुपातमा १६ लाख ६ हजार ६६४ कित्ताको लागि आवेदन दिएको छ ।

यस्तै नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रद सेयर जारी गर्नको लागि बोर्डमा आवेदन दिएको छ ।

फाइनान्सले १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि हकप्रद जारी हुने छ ।

यस्तै नागरिक लगानी कोषले पनि १ः०.८२८४ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

कोषमा १०० कित्ता सेयर हुनेले ८२ कित्ता सेयर पाउने छन् । कोषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

यस्तै बरुण हाईड्रोपावर कम्पनीले पनि १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नको लागि बोर्डमा अनुमतिको लागि आवेदन दिएको छ ।

बरुले १ः१ अनुपातमा शत प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । बरुले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ५१ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।