लघुवित्तका ऋणिलाई बम्पर छुट, साँवाब्याज भुक्तानी अवधि ६ महिना थप

Oct Sun 2020 09:00:27

669 views

लघुवित्तका ऋणिलाई  बम्पर छुट, साँवाब्याज भुक्तानी अवधि ६ महिना थप

काठमाण्डौ । लघुवित्त  वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै लघुवित्तका ऋणिहरुका लागि नेपाल राष्ट्रबैंकले बम्पर छुटको व्यवस्था गरेको छ । 

जसअनुसार कोभिड–१९ को प्रभावको कारणले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको किस्ताको साँवा र ब्याज रकमलाई ऋणीले सञ्चालन गरेको लघुउद्यम, पेशा, व्यवसायमा परेको प्रभाव, सुचारु हुन लाग्ने समय, ऋणीको आवश्यकता आदिको मूल्याङ्कन गरी २०७७ असोज मसान्तभित्र एकपटकको लागि बढीमा ६ महिनासम्म भुक्तानी अवधि थप गर्न सकिने छुट दिइएको छ । 

यसरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम २०७७ चैत्र मसान्तभित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गर्नुपर्ने व्यवस्था समेत भएको छ ।  यस्तो किस्ता रकम नियमितरुपमा भुक्तानी गर्ने ऋणीबाट कुनै प्रकारको पेनाल ब्याज, शुल्क,हर्जाना,ब्याजको ब्याज लिन नपाइने राष्ट्रबैंकले व्यवस्था गरेको छ ।