रुक्नुहोस् ! हाइड्रोको शेयरमा अझै थप करेक्सन आउन सक्ने

Oct Sun 2020 06:08:02

रुक्नुहोस् ! हाइड्रोको शेयरमा अझै थप करेक्सन आउन सक्ने

काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरीका साथ बजार बन्द भयो।

अब लगानीकर्ताहरु अन्य सेक्टरमा सिफ्ट हुने भएकोले हाइड्रोपावरका सेयरमूल्यमा करेक्सन आउने दाबी गरेका थिए। सोही दाबीअनुसार आज सबैभन्दा धेरै गुमाउनेमा हाइड्रोका लगानीकर्ताहरु देखिएका छन्। आज हाइड्रोमा दोहोरो अंकको गिरावट आएको छ। 

बैंकिङ समूहले बढायो सेयर बजार, जलविद्युतका सेयर विक्री गर्दै बैंकतर्फ लगानीकर्ता  

बजारको ट्रेन्ड हाइड्रोपावर कम्पनीका सेयरमूल्यलाई माथि पुर्याएर प्रफिट बुक गरी बजारबाट बाहिरिने समूह हावी भएको विश्लेषकहरु बताउँछ। यसले गर्दासमेत आगामी दिनमा पनि हाइड्रोमा थप करेक्सन आउने उनीहरुको दाबी छ।

आइतबार उत्पादन समूहमा उछाल आएको छ। यसैगरी बैंक, बीमा, व्यापारलगायतका प्रायः सबै समूहमा दोहोरो अंकको वृद्धिसँगै लगानीकर्ताहरुमा थप मनोविज्ञान बलियो भएको शेयर विश्लेषकहरुको ठम्याई छ ।